Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

कांग्रेस नेता कोइराला भन्छन् - देश सरकारले चलाउने हो, संयन्त्रले हैन

कांग्रेस नेता कोइराला भन्छन् - देश सरकारले चलाउने हो, संयन्त्रले हैन

बुधवार , माघ ९, २०८१

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देश संयन्त्रले नभइकन सरकारले चलाउनुपर्ने बताएका छन्।

विराटनगरस्थित कोइराला निवासमा नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता कोइरालाले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संयन्त्रबाट देश चलान खोजिरहेको उनको आरोप छ।

नेता कोइरालाले भने,‘देश सरकारले चलाउने हो। संयन्त्रले हैन। तर, यहाँ संयन्त्रमार्फत प्रधानमन्त्रीले चलाउन खोजेजस्तो देखिन्छ । डेमोक्रेटिक सिस्टम’मा संयन्त्रले देश चलाउने नभइ सरकारले चलाउने हो। संयन्त्रले देश चलाउन खोज्दै हुनुहुन्छ प्रधानमन्त्री। यो गलत हो। बिलकुल गलत हो।’

नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेपछि दुई दलले सरकार सञ्चालनका लागि भनेर संयुक्त संयन्त्र बनाएका छन्।

ती संयन्त्रले सरकार सञ्चालनमा सहजीकरण गर्ने भनिएको छ। कोशीमा बनेको संयन्त्रले केही दिनअघि सरकारलाई बजेट पुनरावलोकन गर्न निर्देशन दिएको थियो।

तर, बजेट पुनरावलोकन नहुने भएको छ।

त्यस्तै, कोइरालाले संवैधानिक प्रावधानको दुरुपयोग गरेर सरकारले अध्यादेश ल्याएको बताए। देशै नचल्ने अवस्थामा मात्रै ल्याउनुपर्नेमा अध्यादेश ल्याउनसक्ने प्रावधानको दुरुपयोग गरिएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077