Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

एमसीसीको विरोध गर्नेले राम्रो रहेछ भन्ने अहिले थाहा पाए : सभापति देउवा

एमसीसीको विरोध गर्नेले राम्रो रहेछ भन्ने अहिले थाहा पाए : सभापति देउवा

बुधवार , माघ ९, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई फाइदा हुने क्षेत्रमा वैदेशिक सहयोग लिन सकिने बताएका छन् ।

कांग्रेसको आर्थिक नीति तथा योजना विभागले बुधबार सानेपामा आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक कार्यक्रममा सभापति देउवाले यस्तो बताएका हुन् ।

उनले वैदेशिक सहयोगका विषयमा बेला बेला विरोध हुने गरेको भन्दै मुलुकको हितमा वैदेशिक सहयोग लिन सकिने बताए।

उनले विभिन्न निकायले नेपाललाई अनुदान दिने गरेको र केही ऋणसमेत अनुदानमा परिणत हुने गरेको बताए। एमसीसी पास गर्ने बेलामा ठूलो विरोध भए अहिले राम्रो रहेछ भन्ने सबैले बुझ्दै गएको उनको भनाई छ ।

पहिला अनेक डर देखाउनेले अहिले अनुदानमा आएको परियोजना देख्दा राम्रो रहेको भन्न थालेको देउवाको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077