काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो ।
भोलिदेखि सुरु हुने केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न कार्यसम्पादन समितिको बैठक बस्न लागेको बताइएको छ ।