काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ कमिटीका लागि हुने निर्वाचनमा उपमहासचिव जनार्दन शर्मा पक्षले छुट्टै प्यानल बनाएको छ ।
अध्यक्षदेखि सदस्यसम्म शर्मा पक्षले प्यानल खडा गरेको हो । शर्मा समूहबाट अध्यक्षको प्रतिस्पर्धामा हेमन्त राईलाई अघि सारिएको छ भने महासचिवमा रोशन थापा मगर र कोषाध्यक्षमा फुलमाया राना मगर (खुसी) रहेकी छन्।
अध्यक्षको उम्मेदवार बनेका राई भोजपुरका हुन् भने रोशन थापामगर भने मकवानपुरका हुन् । फुलमाया रानामगर (खुसी) बाग्लुङ कि हुन् ।
मंगलबार अनलाइनबाट गरिएको उम्मेदवार मनोनयनमा खुला उपाध्यक्षतर्फ समिप खरेल, भीष्म चौलागाईं, देवेन्द्र शर्मा र सञ्जय महतो उम्मेदवार बनेका छन् ।
समावेशी उपाध्यक्ष पदमा ममता अधिकारी, सन्दीप पुन, शिवम शाह , प्रमेश कँडेल, कृष्ण सुनारले उम्मेदवारी दिएका छन् ।
सोही प्यानलबाट उपमहासचिवमा रविन खम्बु, निर्मला गौतम, भगवान बाँस्तोला, प्रकाश अधिकारी, रेशम अधिकारी, प्रेमराज शर्मा, कुन्दन महतो, भुवन सिंह विष्ट लगायत उम्मेदवार छन् ।
शर्मा प्यानलबाटै सचिव खुलामा बिरेन्द्र जिसि , सम्झना राई लगायतले उम्मेदवारी दिएका छन् भने समावेशी सचिवमा भने सम्कृती पुन, हरेन्द्र बिक लगायतले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी ३ वटा आयोगका प्रमुख , उप-प्रमुख खुला र उप-प्रमुख समावेशी ,सचिव र सदस्यमा पनि शर्माको प्यानलबाट उम्मेदवारी दिइएको छ । २४३ जनाको केन्द्रीय समितिमा पदाधिकारी ३३, सचिवालय सदस्य, केन्द्रीय सदस्य १६२ जनाको लागि निर्वाचन हुनेछ ।
यी सबै पदमा जनार्दन शर्माले प्यानल नै खडा गरेर उम्मेदवारी दिएको छ। २३ औं राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्वका लागि निर्वाचन मिति १२ माघलाई तोकिएको छ । शर्मा समूह अरु भन्दा बलियो देखिएको अखिल क्रान्तिकारीका एक विद्यार्थी नेता बताउँछन् ।