Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

अर्थमन्त्री पौडेलले भने - सरकार दिन गनेर बस्दैन, काम गरेर देखाउँछ

अर्थमन्त्री पौडेलले भने - सरकार दिन गनेर बस्दैन, काम गरेर देखाउँछ

बिहिवार , माघ १०, २०८१

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार दिन गनेर नबस्ने बताएका छन्।

राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले सो कुरा बताएका हुन् । उनले सरकार जनतालाई आशा जगाउन केन्द्रित भएको बताए ।

अर्थमन्त्री पौडेलले भने,‘अर्थतन्त्रमा देखिएको समस्याहरू समाधान गर्दै जानेछ । सरकार दिन गनेर बस्दैन, काम गर्नेछ । निराशालाई आशामा बदल्नेछ । देश छोडेर जाने वातावरण हटाउन खोजिरका छौं।’

अर्थतन्त्र दबाबमा रहेको बताउँदै पौडेलले दबाबलाई चिर्दै अगाडि बढिरहेको बताए । संकट र चुनौतीहरूलाई पार गर्दै बैंक यहाँसम्म आइपुगेको उनले बताए ।

आगामी दिनमा सेवाको हिसाबले अरु बैंकहरूलाई उछिन्न समेत अर्थमन्त्री पौडेलले निर्देशन समेत दिए । बैंकको उन्नति र प्रगतिका लागि साझा उद्देश्य राख्न समेत उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077