गोरखा । नेकपा एमालेका प्रचार विभागका प्रमुख एवं उपमहासचिव प्रदीप ज्ञवालीले एमाले चौतर्फी घेरबन्दी तोडेरअघि बढिरहेको बताएका छन् ।
एमाले जिल्ला कमिटी गोरखाको आयोजनामा आज सदरमुकाममा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले विगतदेखि नै एमालेमाथि विभिन्न ढङ्गबाट घेराबन्दीको प्रयास भइरहेको भन्दै सबै खालका जटिलतालाई तोडेर पार्टी अहिलेको अवस्थासम्म आइपुगेको उल्लेख गरे।
उनले विसं २०४८ देखि नै देशभर पार्टीको ‘ग्राफ’ निरन्तर उकालो लाग्दै गएको उल्लेख गरे ।