काठमाडौं । नेकपा बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला निर्वाचित भएका छन् ।
बिहीबार काठमाडौंमा सम्पन्न पार्टीको नवौं महाधिवेशनले महासचिवमा बास्तोलालाई निर्वाचित गरेको हो ।
यस्तै बहुमतले ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ।
महाधिवेशनमा ८५० प्रतिनिधि सहभागी थिए। महाधिवेशनमा महासचिव बास्तोलाले पेस गरेको राजनीतिक दस्तावेज र संगठनात्मक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ।