Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

अखिल क्रान्तिकारीको कोषाध्यक्षकी उम्मेदवार मगरद्धारा घोषणापत्र सार्वजनिक

अखिल क्रान्तिकारीको कोषाध्यक्षकी उम्मेदवार मगरद्धारा घोषणापत्र सार्वजनिक

शुक्रवार , माघ ११, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको कोषाध्यक्षकी उम्मेदवार फुलमाया राना मगर (खुसी)ले आफ्नो घोषणापत्र सार्वजनिक गरेकी छन्।

अखिल क्रान्तिकारीकी सक्रिय सदस्य फुलमायाले आगामी कार्यकालका लागि कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेसँगै घोषणापत्र सार्वजनिक गरेकी हुन्।

उनले सङ्गठनलाई आर्थिक रूपमा सुदृढ, पारदर्शी, र प्रभावकारी बनाउँदै विद्यार्थी आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने दृढ प्रतिबद्धता व्यक्त गर्दै आफ्नो घोषणापत्र पनि सार्वजनिक गरेकी छन् ।

फुलमायाले आफ्नो घोषणापत्रमा सङ्गठनका आर्थिक गतिविधिहरूमा पूर्ण पारदर्शिता र जबाफदेहिता कायम गर्ने उल्लेख छ ।

[insert page='329180' display='yopanipadhnuhos.php']

फुलमायाले विद्यार्थीहरूको अधिकार र हितका लागि शैक्षिक सुधार, नेतृत्व विकास, र व्यक्तित्व निर्माणका कार्यक्रम सञ्चालन गर्ने योजना प्रस्तुत गरेकी छन्।

विशेष गरी आर्थिक रूपमा कमजोर, ग्रामीण, र पिछडिएका क्षेत्रका विद्यार्थीहरूको पहुँच विस्तार गर्न विशेष योजना लागू गरिने उनको भनाइ छ।त्यस्तै, सङ्गठनको आर्थिक व्यवस्थापनलाई आधुनिक र प्राविधिक बनाउने योजना अघि सारेकी छन्।

फुलमायाले अखिल क्रान्तिकारीका आदर्श र सिद्धान्तप्रति निष्ठा राख्दै सङ्गठनलाई सशक्त, सङ्गठित, र प्रभावकारी बनाउने वाचासमेत गरेकी छन्।

फुलमाया राना मगरले सङ्गठनलाई आर्थिक रूपमा आत्मनिर्भर र स्थिर बनाउन तथा विद्यार्थी आन्दोलनलाई सशक्त बनाउने उद्देश्यसहित उम्मेदवारी अघि सारेकी हुन्।

[insert page='329576' display='yopanipadhnuhos.php']

उनी रहेको प्यानलमा हेमन्त राई अध्यक्ष र महासचिवमा रोशन थापामगर रहेका छन् साथै तिनै उम्मेदवार नेकपा (माओवादी केन्द्र ) का उपमहासचिव जनार्दन शर्मा निकट मानिन्छन् ।

यस्तो छ घोषणापत्र :

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077