Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले गरे भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङ मार्गको ‘ब्रेक थ्रु’

प्रधानमन्त्री ओलीले गरे भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङ मार्गको ‘ब्रेक थ्रु’

शुक्रवार , माघ ११, २०८१

काठमाडौं। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको आज 'ब्रेक थ्रु' गरिएको छ ।

सुरुङको बाँकी एक मिटरको काम प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट स्विच थिचेर सुरुङमार्गको ‘ब्रेक थ्रु’ गरेका हुन् ।​

सिद्धबाबा सुरुङ त वर्ष माघ ४ गतेबाट खन्न थालिएको थियो । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडक खण्डको तिनाउ गाउँपालिका–३ कुहिरेभीरमा निर्माणाधीन सुरुङले पहाडलाई तराईसँग जोड्ने छ ।

सिद्धबाबा सुरुङ मार्गको 'ब्रेक थ्रु'गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस-एमालेको संयुत सरकारले सुशासन र विकासमा ध्यान दिएको बताए । देशको आवश्यकताअनुसार विकासमा युवा जनशक्तिले विकास गर्ने उनको भनाइ छ ।

१ हजार १२६ मिटरको सुरुङ आउँदो वर्षायाममा गाडी वारपार गर्न सकिने बताइएको छ । तर सञ्चालनमा आउन करिब एक वर्ष लाग्ने बतइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077