Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

जनार्दन समूहबाट खुल्ला सचिवमा बिरेन्द्रको उम्मेदवारी

जनार्दन समूहबाट खुल्ला सचिवमा बिरेन्द्रको उम्मेदवारी

शुक्रवार , माघ ११, २०८१

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अखिल क्रान्तिकारी) को माघ १२ गते हुने निर्वाचनमा बिरेन्द्र जिसीले खुल्ला सचिव पदका लागि उम्मेदवारी दिएका छन्।

जनार्दन शर्मा समूहको तर्फबाट अध्यक्षदेखि सदस्यसम्मको पूर्ण प्यानलसहित उम्मेदवारी दर्ता गरिएको छ। अध्यक्षमा हेमन्त राई , महासचिवमा रोशन थापा मगर र कोषाध्क्षमा फुलमाया राना मगर(खुसी) रहेका छन ।

बिरेन्द्र जिसीले विद्यार्थीहरूको हकहितको संरक्षण, शैक्षिक सुधार, र संगठनको सुदृढीकरणमा आफूले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनका योजनाहरूमा निजी र सार्वजनिक शैक्षिक संस्थाहरूमा पारदर्शिता र जवाफदेहिताको सुनिश्चितता, गरिब तथा विपन्न वर्गका विद्यार्थीहरूका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन, शैक्षिक शुल्क वृद्धिविरुद्ध सशक्त आन्दोलन, समान शिक्षा प्रणालीको प्रवर्द्धन, र डिजिटल शिक्षाको पहुँच विस्तारका लागि पहल गर्नेजस्ता विषय समावेश छन्।

उनले भने विद्यार्थी आन्दोलनलाई थप सशक्त बनाउने र संगठनलाई बलियो बनाउन विभिन्न योजना अघि सारेको छ। माघ १२ गते हुने निर्वाचनमा विभिन्न समूहका उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077