Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

यस्तो बन्यो प्रेस चौतारी कैलालीको नयाँ निर्वाचित कार्यसमिति

यस्तो बन्यो प्रेस चौतारी कैलालीको नयाँ निर्वाचित कार्यसमिति

शनिवार , माघ १२, २०८१

कैलाली । प्रेस चौतारी नेपाल कैलालीको अध्यक्षमा जनकसिंह विष्ट चयन भएका छन् । शुक्ररबार सम्पन्न भएको आठौँ जिल्ला अधिवेशनले विष्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

सर्वसम्मत रूपमा सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा लोकुसिंह ठकुरी र महिला उपाध्यक्षमा निर्मलाकुमारी शाही निर्वाचित भए । यस्तै सचिवमा दिनेश विष्ट सर्वसम्मत चयन भएका छन् ।

अधिवेशनबाट सहसचिवमा ध्रुव ओझा र समावेशी सहसचिवमा भूपेन्द्र बिक निर्वाचित भए । त्यस्तै कोषाध्यक्षमा जीवन विष्ट चयन भएका छन् ।

अधिवेशनबाट सदस्यहरूमा क्रमशः टेकसिंह धामी, पूर्णबहादुर साउद, दिनेश राना, भरत रिमाल, मनीषा भुल, सिद्धराज अधिकारी, नरेशनाथ योगी, भावना भण्डारी र कमल साउद निर्वाचित भए ।

केन्द्रीय प्रतिनिधिमा इन्द्रकुमारी केसी, भोजराज जोशी, हेमन्त पौडेल र एकेन्द्र तिमल्सिना निर्वाचित भएका छन् । प्रदेश प्रतिनिधिमा गीता चौधरी, भानुभक्त आचार्य, कृष्णप्रसाद ओझा र सुशील ढुङ्गाना चयन भए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077