Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

अखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध निर्वाचित

अखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध निर्वाचित

शनिवार , माघ १२, २०८१

काठमाडौं । माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) २३औँ राष्ट्रिय सम्मेलनबाट विभिन्न उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचनमा केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य र आयोगका पदाधिकारी तथा सदस्यलगायत पदमा १३५ जना उमेदवार निर्विरोध निर्वाचित भएका हुन् ।

केन्द्रीय निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले उनीहरू निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

क्रान्तिकारीको भावी नेतृत्वका लागि आज मतदानको कार्यक्रम चलिरहेको छ । अध्यक्षमा पाँच जनाबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077