Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

अबका सबै चुनाव आफ्नै तागतमा लड्छौं : प्रचण्ड

अबका सबै चुनाव आफ्नै तागतमा लड्छौं : प्रचण्ड

शनिवार , माघ १२, २०८१

दाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी केन्द्र अब कसैको बैसाखी नटेक्ने बताएका छन् ।

दाङमा आज पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । उनले अबका चुना एक्लै लड्ने बताए।

अरु दलसँग गठबन्धन गर्दा कार्यकर्ताबाट पनि आलोचना भएको बताउँदै उनले त्यसको समीक्षा गरेर एक्लै चुनाव लड्ने निर्णय गरेको बताए ।

अध्यक्ष प्रचण्डले भने,‘सर्बसम्त रुपमा हामीले निर्णय गरेका छौं । आगामी निर्वाचन आफ्नै खुट्टामा उभिएर लड्ने हो । माओवादी आफ्नै खुट्टामा उभिन सक्दैन भन्ने भाष्य बनाउन खोजियो त्यसको पनि समीक्षा गरेर यो निर्णय गरियो।’

उनले अबका सबै चुनाव आफ्नै शक्तिको बलमा लड्ने बताए । गत उपचुनावमै त्यो प्रयास गरेको भन्दै उनले जनताले राम्रो प्रतिक्रया दिएकोले उत्साहित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077