Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्ड भन्छन् - जनताले प्रचण्ड नै इमानदार रहेछ भन्ने महसुस गरेका छन

माओवादी अध्यक्ष प्रचण्ड भन्छन् - जनताले प्रचण्ड नै इमानदार रहेछ भन्ने महसुस गरेका छन

शनिवार , माघ १२, २०८१

दाङ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशलाई सुशासन दिन माओवादीले बहुमत ल्याउनु पर्ने बताएका छन् ।

दाङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले ३२ सिटलाई आफूले प्रतिकात्मक रुपमा म्याजिक नम्बर भन्ने गरेको बताउँदै संख्यात्मक रुपमा त्यसले काम नगर्ने भएकोले अब बहुमत सिट आवश्यक रहेको बताए ।

उनले आफू देश दौडाको क्रममा जनता माओवादीतिर फर्केको पाएको बताए । माओवादी ०६४ कै अवस्थामा फर्किन लागेको उनको दाबी छ ।

अध्यक्ष प्रचण्डले भने,'जनताले माओवादी र प्रचण्ड नै इमानदार रैछ भन्ने जनताले महसुस गरेको देख्छु ।’

उनले संसदीय व्यवस्थामा पहिलो र दोस्रो दलले गठबन्धन गर्नु नै अप्राकृतिक भएको बताउँदै त्यस्तो होला भन्ने पनि आफूलाई नलागेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077