Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

अब माओवादीमा लागेको धूलोमैलो पखाल्नैपर्छ : प्रचण्ड

अब माओवादीमा लागेको धूलोमैलो पखाल्नैपर्छ : प्रचण्ड

शनिवार , माघ १२, २०८१

दाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अब माओवादीलाई पखाल्नैपर्ने अवस्था आएको बताएका छन्।

प्रेस सेन्टर दाङले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्।

उनले माओवादीलाई धूलोमैलो लागेको र त्यो अब पखाल्नैपर्ने बताए। जनताले धेरै अपेक्षा गरेको र त्यत्रो बलिदानीबाट आएको पार्टीमा हालसम्म केही न केही धूलोमैलो र दाग लागेको उनले स्विकार गरे।

अध्यक्ष प्रचण्डले भने,‘हामीले जनताको अपेक्षा अनुसार काम गर्न नसकेकै हो । जनताले हामीबाट धेरै काम हुने सोचेका थिए । हामी सोचेजस्तो बन्न सकेनौं । धूलोमैलो लाग्यो । अब यो नपखाली जनताको बिश्वास जित्न सकिँदैन ।’

२०८४ को चुनावमा पनि विगतको माओवादीलाई नभई सुध्रिएको माओवादीलाई भोट मागेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077