Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

राजनीतिक दलका नेताले राजनीतिलाई पेसा बनाएपछि विकासले गति लिन सकेन : स्वर्णिम वाग्ले

राजनीतिक दलका नेताले राजनीतिलाई पेसा बनाएपछि विकासले गति लिन सकेन : स्वर्णिम वाग्ले

शनिवार , माघ १२, २०८१

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले राजनीतिक दलका अधिकांश नेताले राजनीतिलाई पेसा बनाएकै कारण विकासले गति लिन नसकेको दाबी गरेका छन् ।

तनहुँ सम्पर्क समाज पोखराको आठौं साधारणसभा तथा अधिवेशनको शनिबार यहाँ उद्घाटन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

कोरोना महामारीपछि मुलुकको अर्थतन्त्रमा समस्या देखिएको उल्लेख गर्दै अर्थतन्त्रको विकासका लागि सबै राजनीतिक दल एक ठाउँमा आउनुपर्ने आवश्यकता रहेको बताए ।

यस्तै उनले राजनीति सङ्लो हुन सके दश वर्षमा मुलुकमा समृद्धि हासिल गर्न सकिने बताए । राजनीतिक दलहरु सुशासन र विकासको अभियान लिएर अगाडि बढेमा मात्रै समृद्धि सम्भव हुने उनको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077