काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेपाली कांग्रेस फुटाउन लागि परेको आरोप लगाएका छन् ।
शनिवार एमालेनिकट राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले सो आरोप लगाएका हुन् ।
उनले कांग्रेस फुटाउन डा. शेखर कोइरालालाई उक्साइरहेको आरोप लगाए ।
उनले भने, ‘कांग्रेस र एमालेलाई खेलाएर १८ महिना प्रधानमन्त्री भएका प्रचण्ड सत्ताबाहिर आएपछि कहिले शेरबहादुर देउवाकहाँ धाएर तपाईँ प्रधानमन्त्री भइदिनुपर्यो, मसँग विपक्षी ८० सांसद छन् भन्ने भन्न भ्याउँछन् । यिनै प्रचण्ड शेखर कोइरालाहरूलाई राखेर कांग्रेस विभाजन गरिदिनुपर्यो, भन्न पनि भ्याउँछन् ।’