Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

एकीकृत समाजवादीले भन्यो - वर्तमान सत्ता गठबन्धन अराजनीतिक साँठगाँठ !

एकीकृत समाजवादीले भन्यो - वर्तमान सत्ता गठबन्धन अराजनीतिक साँठगाँठ !

मंगलवार , माघ १५, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीले कांग्रेस र एमाले नेतृत्वको सत्ता गठबन्धनलाई अराजनीतिक साँठगाँठको संज्ञा दिएको छ।

अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशिका जारी गर्दै वर्तमान सत्ता गठबन्धनलाई अराजनीतिक साँठगाँठको संज्ञा दिएका हुन् ।

समाजवादीले कम्युनिष्ट आन्दोलनको कार्यभार सम्हाल्ने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आइलागेको निष्कर्ष निकालेको छ ।

एमाले र माओवादी केन्द्रले कम्युनिष्ट आन्दोलन अगाडि बढाउन नसक्ने अध्यक्ष नेपालको निष्कर्ष छ ।

एकीकृत समाजवादीले जारी गरेको अपानिमा भनिएको छ, ‘सत्ताको नालायकी अझ गम्भीर बन्दै जाने दुश्चक्रमा यो गठबन्धन फस्दै गएको छ। संसदलाई छलेर अध्यादेशमार्फत सत्ता सञ्चालन गर्दैछ। यसले भ्रष्टाचार नियन्त्रण गर्ने होइन भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने काम गरेको छ ।’

वर्तमान गठबन्धन सरकारले जनअपेक्षा अनुरूप कुनै पनि काम गर्न नसकेको एकीकृत समाजवादीको ठहर छ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार देश र जनताको हित प्रतिकूल निरंकुश ढंगले अगाडि बढिरहेको एकीकृत समाजवादीको दाबी छ।

सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित राख्न पनि नसकेको उसले बताएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077