Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

फास्ट ट्रयाकबाट अध्योदशहरु पारित गर्ने सरकारको निर्णय

फास्ट ट्रयाकबाट अध्योदशहरु पारित गर्ने सरकारको निर्णय

मंगलवार , माघ १५, २०८१

काठमाडौं । सरकारले हालै ल्याएका अध्योदशहरु फास्टट्रयाकमा पारित गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । अध्यादेश कार्यान्वयन गराउनेको लागि नियमावली बनाउने काम भइरहेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

संसदमा सरकारले ल्याएका अध्यादेश पेश गरेर फास्ट ट्रयाकमार्फत नियमावली बनाएर कार्यान्वयनमा जाने सञ्चारमन्त्री गुरुङले बताए।

त्यस्तै, सरकारले प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस राष्ट्रव्यापीरुपमा विविध कार्यक्रम गरी मनाउने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकले प्रदेश र स्थानीय तहलाई पनि सर्कूलर गरी राष्ट्रव्यापी रुपमा शहीद दिवस मनाउने निर्णय गरेको छ।

प्रधानमन्त्रीसहित मन्त्रीहरु शहिद गेटमा जाने र त्यसपश्चात सहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको छ।

माघ १६ गते प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोली शहिद गेट पश्चात सहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077