Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

हिउँदे अधिवेशनमा प्रभावकारी भूमिका खेल्न सांसदहरूलाई एमालेको निर्देशन

हिउँदे अधिवेशनमा प्रभावकारी भूमिका खेल्न सांसदहरूलाई एमालेको निर्देशन

मंगलवार , माघ १५, २०८१

काठमाडौं । नेकपा एमालेले हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन भूमिका खेल्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ ।

मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको संसदीय दलको बैठकले यही माघ १८ गतेदेखि शुरू हुने अधिवेशनलाई प्रभावकारी बनाउन पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने दुवै सदनका सांसदलाई निर्देशन दिएको हो ।

अधिवेशनलाई प्रभावकारी बनाउन पार्टीले सबै सांसदलाई सक्रियपूर्वक भाग लिन निर्देशन दिइएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
उनले नेपाली कांग्रेस र एमालेको साझा प्रयत्नपछि अध्यादेश ल्याइएकाले सोहीअनुसार संसद्‌बाट पारित गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077