काठमाडौं । कार्यव्यवस्था परामर्श समितिले आगामी शुक्रबार हुने प्रतिनिधिसभा बैठकको कार्यसूची निर्धारण गरेको छ ।
सभामुख देवराज घिमिरेको अध्यक्षतामा मंगलबार भएको समितिको बैठकले सम्भावित कार्यसूची निर्धारण गरेको हो ।
माघ १८ देखि ३० गतेसम्मका लागि सम्भावित कार्यतालिका निर्धारण गरिएको हो ।
जसमा ६ वटा अध्यादेश पेस गरिने उल्लेख छ ।