Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

सहिद दिवस केवल सम्झना गर्ने दिन मात्र होइन : गृहमन्त्री लेखक

सहिद दिवस केवल सम्झना गर्ने दिन मात्र होइन : गृहमन्त्री लेखक

बुधवार , माघ १६, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहिद दिवस केवल सम्झना गर्ने दिन मात्र नभएर सहिदहरूको बलिदानलाई सार्थक बनाउन सबैले संकल्प गर्ने अवसरको दिन पनि रहेको बताएका छन् ।

बुधबार सहिद दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले सहिदहरूको संघर्ष र बलिदानकै कारण हामीले आजको स्वाधीनता, लोकतान्त्रिक शासन प्रणाली र नागरिक स्वतन्त्रताको अनुभूति गर्न पाएको उल्लेख गरे ।

‘नेपाल सरकार विधिको शासन बलियो बनाउने र समतामूलक समाज निर्माण गर्ने दिशामा निरन्तर अग्रसर छ। सहिद परिवारहरूको सम्मान र हितमा सरकार सँधै प्रतिबद्ध छ। सहिदहरूले देखाएको मार्गबाट हामीले समाजलाई समृद्ध बनाउँदै राष्ट्रलाई स्थायित्वको दिशामा अगाडि बढाउनुपर्छ’, गृहमन्त्री लेखकले भनेका छन् ।

गृहमन्त्री लेखकले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना, मानव अधिकार र सामाजिक न्यायका लागि आफ्नो जीवन बलिदान दिएका सहिदहरूप्रति उच्च सम्मान प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077