Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

रास्वपा संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेन्डा

रास्वपा संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेन्डा

बुधवार , माघ १६, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दैछ । रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले बिहान ११ बजे पार्टी कार्यालय चःमतिमा बैठक बस्न लागेको हो ।

पार्टी सभापति तथा संसदीय दलका नेता रवि लामिछाने निलम्बनमा परेकाले उपनेता श्रेष्ठकै अध्यक्षतामा बैठक बस्नेछ ।

दलका नेता लामिछाने सांसद पदबाट निलम्बित भएपछि उपनेता श्रेष्ठले पहिलोपटक विधानअनुसार कार्यकारी अधिकार प्रयोग गर्दै दलको बैठक बोलाएका हुन् ।

बैठकमा संसद्को आगामी अधिवेशन तयारीका विषयमा छलफल हुनेछ । संसद्को हिँउदे अधिवेशन यही माघ १८ गतेदेखि शुरू हुँदैछ ।

बैठकमा सरकारले हालै ल्याएका विभिन्न अध्यादेशका बारेमा समेत छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077