काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबीच भेटवार्ता भएको छ ।
अतिरिक्त सचिव महावरले बुधबार परराषट्रमन्त्री राणासँग भेटवार्ता गरेका हुन् ।
भेटमा नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको परराष्ट्रमन्त्री राणाको सचिवालयले जनाएको छ ।
महावरले मंगलबार गृहमन्त्री रमेश लेखकसँग भेट गरेका थिए।
गृहमन्त्री लेखकसँगको भेटमा नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य, दुवै देशका सीमा सुरक्षाबलबीचको सम्बन्ध र सहकार्य, लागूऔषध ओसारपसार तथा दुर्व्यवसन नियन्त्रण लगायत विषयमा छलफल भएको थियो ।