Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

सरकार सुशासन र आर्थिक समृद्धिको यात्रामा प्रतिबद्ध छ : गृहमन्त्री लेखक

सरकार सुशासन र आर्थिक समृद्धिको यात्रामा प्रतिबद्ध छ : गृहमन्त्री लेखक

बुधवार , माघ १६, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकमा सुशासनसहितको विकास र आर्थिक समृद्धिको यात्रामा सरकार लागिरहेको बताएका छन्।

राष्ट्रिय सहिद दिवसका अवसरमा संघीय सरकारद्वारा आज सिंहदरबार परिसरमा आयोजित मूल समारोहमा बोल्दै गृहमन्त्री लेखकले सो कुरा बताएका हुन् ।

उनले सहिदहरूले देखाएको बाटोमा अघि बढ्दै देशमा दिगो शान्ति, सुशासन, समृद्धि, स्थायित्व र विकासको मार्गलाई सुदृढ गर्दै जानु राष्ट्रिय दायित्व भएको उल्लेख गरे ।

गृहमन्त्री लेखकले संविधानले परिकल्पना गरेको मुलुकमा दिगो शान्ति र स्थायित्व कायम गर्दै राष्ट्रिय एकता, समुन्नति तथा समाजमा सद्भाव कायम राख्दै सबै मिलेर न्याय, समानता र समृद्ध नेपालको परिकल्पनालाई साकार पार्ने कार्यमा जुट्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077