Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किने कुरा उचित होइन : प्रदीप ज्ञवाली

पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किने कुरा उचित होइन : प्रदीप ज्ञवाली

बुधवार , माघ १६, २०८१

बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किने कुरा उचित नभएको बताएका छन्।

प्रेस चौतारी रूपन्देहीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले सो कुरा बताएका हुन् ।

उनले पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा आउनु उचित नहुने बताए ।

राष्ट्रध्यक्षहरू पार्टीको सक्रिय राजनीतिमा आउनुलाई राम्रो नहुने उपमहासचिव ज्ञवालीको भनाई छ ।

उनले एमालेमा यो विषयमा कुनै छलफल समेत नभएको पनि बताए। उक्त विषयमा पूर्वराष्ट्रपति भण्डारी सचेत नै भएको जस्तो आफूलाई लागेको पनि ज्ञवालीले बताए।

पूर्वराष्ट्रपति भण्डारी सामान्य अवस्था एमालेलेमा सक्रिय हुने सम्भावना आफूले नदेखेको भन्दै ज्ञवालीले आम नागरिकले पनि यस्तो कुरा नचाहेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077