Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

गठबन्धन सरकार प्रतिशोधको भावनाले काम गर्दै छ : वर्षमान पुन

गठबन्धन सरकार प्रतिशोधको भावनाले काम गर्दै छ : वर्षमान पुन

बिहिवार , माघ १७, २०८१

पाल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गठबन्धन सरकार प्रतिशोधको भावनाले काम गरिरहेको आरोप लगाएका छन्।

प्रेस सेन्टर पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव पुनले एक्त आरोप लगाएका हुन् ।

सरकारले स्वेच्छाचारी ढंगले शासन गर्ने प्रयास गरेको उनको आरोप छ ।

उपमहासचिव पुनले दुई तिहाइ मत रहेको दाबी गर्ने सरकारले सदनबाट पास गरेर लानुपर्ने विषयलाई अध्यादेशमार्फत शासन चलाउन खोज्नु गलत भएको बताए।

विनाकारण संसद् छलेर अध्यादेश ल्याउनु संविधानविपरीत रहेको उनको दाबी छ ।

संसदको अवहेलना गर्दै अध्यादेश जारी गरेर देश चलाउन खोजिएको बताउँदै उनले सरकारले स्वेच्छाचारी ढङ्गले शासन गर्न खोजेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077