Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

सहकारी ठगलाई कारबाही गर्दा रास्वपा डरायो : प्रदीप ज्ञवाली

सहकारी ठगलाई कारबाही गर्दा रास्वपा डरायो : प्रदीप ज्ञवाली

बिहिवार , माघ १७, २०८१

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सहकारीका ठगहरुमाथि सरकारले कारबाही अघि बढाएको बताएका छन्।

प्रेस चौतारी नेपाल ललितपुरको छैटौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले सो कुरा बताएका हुन्।

उनले सहकारीका ठगलाई कारबाही अघि बढाउँदा रवि लामिछाने र रास्वपालाई समाप्त गर्न चालिएको कदम भन्दै प्रचार भएको भन्दै आलोचना गरे।

उपमहासचिव ज्ञवालीले सहकारी ठगी प्रकरणमा रास्वपाका मात्र नभएर नेकपा एमालेलगायत अन्य दलमा आबद्ध मानिसहरूमाथि पनि मुद्दा चलिरहेको बताए।

उनले सुशासन कायम गरी अर्थतन्त्रलाई चलायमान बनाई नागरिकमा आशा जगाउन दुई दल मिलेर सरकार बनाएका बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077