Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

मधेशकेन्द्रित दलहरुको बैठक सिंहदरबारमा जारी

मधेशकेन्द्रित दलहरुको बैठक सिंहदरबारमा जारी

बिहिवार , माघ १७, २०८१

काठमाडौं । मधेसवादी दलहरूको बैठक सिंहदरबारमा सुरु भएको छ।

सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा आठ पार्टीको बैठक बसिरहेको हो । सिंहदरबारमा बसेको बैठकमा मधेस केन्द्रित आठ वटा दलको सहभागि रहेका छन्।

मधेसीकेन्द्रित दलको मोर्चा बनाउने विषयमा छलफल गर्न जनता समाजवादी नेपालको अगुवाइ बैठक बसेको हो ।

बैठकमा जनता समाजवादी, जनमत पार्टी, जसपा नेपाल, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील र तराई मधेश लोकतान्त्रिक पार्टीका नेता सम्मिलित छन् ।

आठ दलबीच मुद्दाकेन्द्रित सहकार्यका लागि छलफल गर्न सबै दलले वार्ता समिति बनाएका छन् । वार्ता समितिका नेताहरूबीच नै अहिले छलफल चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077