Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

अध्यादेशको प्रक्रिया नै गलत छ, अस्वीकार गर्छौं : हितराज पाण्डे

अध्यादेशको प्रक्रिया नै गलत छ, अस्वीकार गर्छौं : हितराज पाण्डे

बिहिवार , माघ १७, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले वर्तमान सरकारले ल्याएका अध्यादेशहरूको प्रक्रिया नै गलत भएको बताएका छन् ।

सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले सो कुरा बताएका हुन् । प्रमुख सचेतक पाण्डेले सरकारले ल्याएका अध्यादेश प्रक्रियागत हिसाबमै गलत भएको बताए।

प्रमुख सचेतक पाण्डेले भने,‘सरकारले जसरी छिटोभन्दा छिटो डेलिभरी दिन अध्यादेश ल्याएको भन्ने कुरा पहिला नै ल्याएको विधेयक समितिमा छ । त्यहाँबाट लाँदा सजिलो हुन्थ्यो । त्यसलाई फिर्ता नलिइ अध्यादेश जारी गरिसकेपछि मात्रै फिर्ताको चिठि लेखेर लिएर गएको छ । त्यो छिटो गर्न खोजेको भनाइलाई त्यो तथ्यले आफैं खण्डित गर्छ । प्रक्रियागत हिसाबले नै यो बेठिक छ । हामीले यसलाई अस्वीकार गर्नुपर्छ भन्ने कुरा भएको छ।’

भोलिबाट सुरु हुने संसद्को हिउँदे अधिवेशनमा आफूहरू जनताका आवाजलाई व्यवस्थित र सशक्त बनाएर अघि बढ्ने निर्णय पनि भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077