Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

शेखर कोइराला भन्छन् : संविधान संशोधनका निम्ति २०८७ नै कुर्नुपदैन

शेखर कोइराला भन्छन् : संविधान संशोधनका निम्ति २०८७ नै कुर्नुपदैन

बिहिवार , माघ १७, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संशोधनका लागि २०८७ कुर्न नहुने बताएका छन् ।

बिहीबार विराटनगरमा आयोजना गरिएको संविधान संशोधन आवश्यकता र चुनौती विषयक अन्तर्क्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीले भनेजस्तो संविधान संशोधनका लागि २०८७ साल कुर्न नहुने भन्दै संशोधनका लागि सबैलाई विश्वासमा लिन सुझाव दिए ।

उनले २०७२ सालमा हतारमा संविधान बनाइएका कारण संविधान संशोधन गर्नैपर्ने अवस्था रहेको भन्दै दुई दलले मात्रै संशोधन गर्न नहुने उल्लेख गरे ।

संविधान संशोधन गर्दा सबै राजनैतिक दलहरूबीच सहमति र समझदारी आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077