Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

हिउँदे अधिवेशनमा अध्यादेशलाई अस्वीकार गर्ने माओवादी केन्द्रको निर्णय

हिउँदे अधिवेशनमा अध्यादेशलाई अस्वीकार गर्ने माओवादी केन्द्रको निर्णय

बिहिवार , माघ १७, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले शुक्रवार शुरु हुने संसदको हिउँदे अधिवेशनमा अध्यादेशलाई अस्वीकार गर्ने निर्णय गरेको छ ।

बिहीवार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले ल्याएको अध्यादेश आवश्यक नरहेको र सरकारले छिटो भन्दा छिटो जनतालाई डेलिभरी दिने भनेर ल्याएको विधेयकको विधि र प्रक्रिया नमिलेको पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले बताए। उनले सरकारले ल्याएको ६ वटा अध्यादेश प्रक्रियागत हिसावमा नै बैठिक रहेको बताए।

मूल्यवृद्धि बढेको र सरकार बन्दा भनेका कुराहरु लागू गर्न नसकेको माओवादी केन्द्रको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077