काठमाडौं । प्रतिनिधिसभाको दुईवटा संसदीय समितिको बैठक बस्दैछ ।
शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ८ बजे सिंहदरबारमा बस्नेछ ।
बैठकमा आगामी दिनमा हुने राष्ट्रिय खेलकुदको विद्यमान अवस्था, भएरगरेका काम-कारबाही, समस्या र भावी कार्यदिशाबारे छलफल हुनेछ।
यस्तै पूर्वाधार विकास समितिको बैठक बिहान ९ बजे सिंहदरबारमै बस्दैछ। बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग छलफल गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ ।