Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

बाँदर बन्ध्याकरणका लागि बजेट छुट्याउन सरकारलाई संसदीय समितिको आग्रह

बाँदर बन्ध्याकरणका लागि बजेट छुट्याउन सरकारलाई संसदीय समितिको आग्रह

शुक्रवार , माघ २५, २०८१

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले बाँदरको बन्ध्याकरणका लागि बजेट छुट्याउन सरकारलाई आग्रह गरेको छ ।

कृषि समितिले लागि आगामी आर्थिक वर्षदेखि बजेट छुट्याएर बाँदर बन्ध्याकरणका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको हो।

निर्देशन दिनु अगाडि समितिले वन तथा वातावरण राज्यमन्त्री, वन मन्त्रालयका सचिव, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशकसँग छलफल गरेको थियो ।

नेपाल भेटनरी संघका महासचिव, भारतको हिमाञ्जल प्रदेशबाट तालिम लिई आएका पशु चिकित्सक, शोधकर्ता, सरोकारवाला किसान लगायत छलफल गरेपछि समितिले सरकारलाई बाँदरको बन्ध्याकरणका लागि बजेट छुट्याउन र आगामी वर्षदेखि बाँदरको बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्न निर्देश गरेको हो ।

बाँदर बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्न विद्यमान नीतिगत तथा कानूनमा रहेका समस्या र समाधानका लागि गर्नुपर्ने आवश्यक कार्यका सम्बन्धमा अध्ययन गरी १५ दिनभित्र समितिमा पेश गर्न पनि संसदीय समितिले वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077