काडमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक बोलाएका छन्।
प्रधानमन्त्री ओलीले आवासीय चिकित्सकहरु आकस्मिकबाहेक अन्य सबै सेवाहरु बन्द गरेर आन्दोलनमा उत्रिएपछि आकस्मिक बैठक बोलाएका हुन् ।
आवासीय चिकित्सकहरुले निजी मेडिकल कलेजमा काम गर्ने चिकित्सकहरुलाई पनि सरकारी सरह निर्वाह भत्ता दिइनुपर्ने र डिउटी समय तोकिनुपर्ने माग राखेका छन् ।
आकस्मिक बैठक डाक्नुअघि बिहीबार राति आवासीय चिकित्सकहरुलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले छलफल गरेका थिए।