दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थारु समुदायको आर्थिक समृद्धिका लागि स्थानीय उत्पादनको ब्राण्डिङ गर्नुपर्ने बताएका छन् ।
दाङको दङ्गिशरण गाउँपालिका–३, चखौरामा आयोजित अन्तरप्रदेशीय थारु सांस्कृतिक सम्मेलनलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।
उनले मदिराको ब्राण्डिङ गरेर आम्दानी लिन सकिने भन्दै थारु समुदायको आर्थिक स्तर वृद्धि अपरिहार्य रहेको उल्लेख गरे । कमैया प्रथा उन्मूलनपछि थारु समुदायमा ठूलो परिवर्तन आए पनि आर्थिक रूपमा अझै सबल बन्न नसकेको उनको भनाइ छ ।
‘लोकल मदिराको ब्राण्डिङ गरेर बिक्री गर्न सकियो भने थारु समुदायले आम्दानी बढाउन सक्छ। कानुनी जटिलता भए हटाउन सरकारसँग म कुरा गर्छु,’ देउवाले भने, ‘रक्सी खानु हुँदैन, स्वास्थ्यलाई असर गर्छ ।'