Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

दिल्लीमा भाजपाको जितपछि मोदीले भने – परिवर्तन गर्छु भन्नेहरू आफैँ भ्रष्ट साबित भए

दिल्लीमा भाजपाको जितपछि मोदीले भने – परिवर्तन गर्छु भन्नेहरू आफैँ भ्रष्ट साबित भए

आइतवार , माघ २७, २०८१

एजेन्सी । दिल्ली विधानसभा निर्वाचनमा भाजपाको जितपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आम आदमी पार्टी आफैँ भ्रष्ट साबित भएको बताएका छन् ।

उनले राजनीति परिवर्तन गर्छु भन्दै यसमा होमिएकाहरू आफैँ कट्टर बेइमान साबित भएको बताएका हुन् ।

“भ्रष्टाचार अन्त्यको मुद्दा लिएर जन्मेको पार्टी आफैँ भ्रष्ट साबित भयो । यो दिल्लीको भरोसामा धोका थियो,” मोदीले भने, “मदिरा घोटालाले दिल्लीलाई बदनाम गर्‍यो । त्यसमाथि अहंकार यति धेरै भयो कि जब विश्व कोरोनासँग लडिरहेको थियो, उनीहरू काँचको महल बनाउँदै थिए । तर, अब दिल्लीको जनादेश आयो ।”

उनले भ्रष्टाचारको छानबिन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । साथै उनले जनतालाई कांग्रेसमाथि भसोसा नभएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077