Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

रक्षामन्त्री सवार गाडीले मोटरसाइकलको ‘लुकिङ ग्लास’ फुटाएपछि...

रक्षामन्त्री सवार गाडीले मोटरसाइकलको ‘लुकिङ ग्लास’ फुटाएपछि...

आइतवार , माघ २७, २०८१

काठमाडौं । रक्षामन्त्री मानवीर राई सवार सरकारी गाडीले मोटरसाइकललाई ठक्कर दिएको घटना सार्वजनिक भएको छ ।

प्रहरीका अनुसार ठक्करबाट कुनै पनि मानवीय क्षति भएको छैन । केही समय अघि माइतीघर क्षेत्रको सडकमा भएको दुर्घटनामा गाडीको ठक्करबाट मोटरसाइकलको लुकिङ ग्लासमा क्षति पुगेको छ ।

ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी विनोद घिमिरेका अनुसार, गाडीले मोटरसाइकलको लुकिङ ग्लासलाई मात्र सानो क्षति पुर्‍याएको थियो ।

आइबतार बिहान ११ बजे भएको घटनामा कुनै गम्भीर क्षति नभएपछि दुवै पक्षले आपसी सहमतिमा कुरा मिलाएर आफ्नो गन्तव्यतर्फ अगाडि बढेको ट्राफिक कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077