काठमाडौं । सरकारले सामाजिक सञ्जाल सम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश गरेको छ ।
आइतबार बसेको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले सामाजिक सञ्जाल विधेयक २०८१ पेश गरेका हुन् ।
उनले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थीत,सुरक्षित र मर्यादीय बनाउनका लागि विधेयक ल्याइएको जानकारी दिए ।
त्यस्तै बैठकमा पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । राष्ट्रिय सभाको अर्को बैठक सोमबार बस्ने गरी बोलाइएको छ ।