काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताबद्ध भएर अघि बढे बहुमत ल्याएर चुनाव जित्ने बताएका छन् ।
आइतबार नेपाली कांग्रेस जिल्ला समिति दाङले घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले पार्टीलाई एकताबद्ध भएर अघि बढाउनुपर्ने बताए ।
कांग्रेसभित्र बलियो एकता हुन सके पार्टीलाई कुनै शक्तिले परास्त गर्न नसक्ने सभापति देउवाको जिकिर छ ।