Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

माओवादी सांसद शर्माको प्रश्न - शक्ति र सरकारमा हुनेहरुले विधि मान्नु पर्दैन ?

माओवादी सांसद शर्माको प्रश्न - शक्ति र सरकारमा हुनेहरुले विधि मान्नु पर्दैन ?

मंगलवार , माघ २९, २०८१

काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले विधिको शासन कमजोरहरूका लागि मात्रै लागू हुने टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा सांसद शर्माले यस्तो बताएका हुन्।

उनले छलफलमा राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सकिने भन्दै त्यो घाटीमा अड्किएको हड्डीरुपी अध्यादेश छलफलमा ल्याउन सुझाव दिए ।

सांसद शर्माले भने,‘यो संसद्‌मा हामी आफैंले विधि नमान्दा समस्या आयो भने अनेक प्रवृत्ति कसरी लागू गर्ने? विधि भनेको पावरले मान्ने कुरा होइन। निर्धाले मान्ने कुरा हो । जो सँग शक्ति र पावर हुन्छ उसले विधि मान्न पर्दैन।’

उनले संसदमा सांसद आफैले विधि नमान्ने गरेको भन्दै शक्ति र पावरले विधि मान्नुनपर्ने नेपाली प्रवृत्तिको विकास हुँदै आएकोमा चिन्ता प्रकट गरे ।

संसदमा हुने छलफल र बहसले समाजमा के रूपान्तरण भइरहेको छ भनेर बहस गर्नुपर्ने बेला भएको भन्दै उनले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुलाई आफू ठुलो र अर्को होचो बनाउने थलो बनाउनुको साटो देशको आवश्यकता र जनताका अपेक्षाका विषयहरू संसदमा छलफलको विषय बनाउनुपर्ने बताए ।

आजकै संसद्‌मा देखिएका दृश्यका कारण आफूले अन्य विषयमा बोल्ने तयारी गरेको भए पनि संसद्कै विषयमा बोल्न आवश्यक रहेको सांसद शर्माले बताए।

जनताले कसरी हेरिरहेका छन् भन्ने विषयलाई ध्यान दिनुपर्ने उनको भनाइ थियो। जनताले परिणाम हेर्ने भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने सांसद शर्माको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077