Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

एमाले सांसदमाथि मुद्दा नचलाउने निर्णयपछि बालेनले भने- समय आउँछ, नआत्तिनू

एमाले सांसदमाथि मुद्दा नचलाउने निर्णयपछि बालेनले भने- समय आउँछ, नआत्तिनू

मंगलवार , माघ २९, २०८१

काठमाडौं। आफ्नै घरमा काम गर्न बसेकी एक बालिकालाई श्रमशोषण गरेको आरोप लागेकी नेकपा एमालेकी सांसद रेखाकुमारी शर्मालाई सरकारले नै उन्मुक्ति दिने तयारी थालेपछि मेयर बालेन्द्र साह (बालेन)ले प्रतिक्रिया दिएका छन् ।

सरकारी वकिल कार्यालयले यो विषमा मुद्दा नै नचलाउने निर्णय गरेपछि बालेनले सामाजिक सञ्जाल फेसबुकमा नाबालिकासँग माफी माग्दै नआत्तिन र समय आउने बताएका हुन् ।

नाबालिकालाई घरेलु कामदार बनाई बालबालिकाविरुद्धको कसुर गरेको आरोप लागेकी शर्मालाई कानुनी कारबाही हुनुपर्ने बालेनले माग गर्दै आएका छन् ।

६ वर्षदेखि सांसद शर्माको घरमा रहेर काम गरिरहेकी एक नाबालिकाले आफूमाथि कुटपिट हुने गरेको बताएकी थिइन् ।

नाबालिकाको अवस्था दयनीय भेटिएपछि महानगरपालिकाको कार्यदलले तत्काल ती बालिकाको उद्दर गरी संरक्षण गृहमा राखेको थियो ।

मेयर बालेनले लेखेका छन्,‘सरी नानु, तिम्रा पिडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउनेछ । यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तहलगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्नपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077