काठमाडौं । सरकारले १७ जना सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा उनीहरूको सरुवा गरेको हो ।
सरकारको निर्णयअनुसार, आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यलाई संघीय मामिला मन्त्रालयमा, भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीलाई राष्ट्रिय योजना आयोगमा, दीर्घ राज मैनालीलाई राष्ट्रिय सूचना आयोगमा र नारायण प्रसाद रिसाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।
त्यसैगरी, कमलप्रसाद भट्टराई श्रम मन्त्रालय, तीर्थराज चिलुवाल अर्थ मन्त्रालय, पार्वती अर्याल अर्थ मन्त्रालय, यज्ञराज कोइराला कृषि मन्त्रालय, उदयबहादुर राना मगर बागमती मुख्यमन्त्री कार्यालय र राम चरित्र मेहता खेलकुद मन्त्रालयमा सरुवा भएका छन्।
यसैगरी, युवराज पौडेल शिक्षा मन्त्रालय, आदेश खड्का सञ्चार मन्त्रालय, श्रीचन्द्र साह अर्थ मन्त्रालय, राजकुमार गोइत सहरी विकास मन्त्रालय, पुष्कर प्रसाद पोखरेल सहरी विकास मन्त्रालय, प्रमेकुमार सिंह भौतिक पूर्वाधार मन्त्रालय र नम्रता सिंह संघीय मामिला मन्त्रालयमा सरुवा भएका छन्।