Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

म काठमाडौंका गरिब जनताको पक्षमा उभिएको हुँ, बालेनको विरोधमा होइन : अमरेश सिंह

म काठमाडौंका गरिब जनताको पक्षमा उभिएको हुँ, बालेनको विरोधमा होइन : अमरेश सिंह

मंगलवार , माघ २९, २०८१

काठमाडौं । प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले मेयर बालेन शाहको विरोधमा नभएको बताएका छन् ।

मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले आफू काठमाडौंका गरिब जनताको पक्षमा भएको बताउँदै मेयर बालेनको विरोधमा नभएको बताएका हुन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा काठमाडौं महानगरपालिकाका मेयर शाहलाई हिटलरको संज्ञा दिएका थिए ।

सोही प्रसंगमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै सांसद सिंहले भने, 'कानुन सबैका लागि बराबर हो । कानुनी राज्यको खोजीमा छु । त्यसकारण म जनताको पक्षमा उभिएको हुँ । बालेनको विरोधमा होइन ।’

गरिबलाई भएको बेथितिको विरुद्धमा बोल्दा आफूले सधैं साथ दिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077