Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

नेसपाको नेतृत्व चयनका लागि आज मतगणना

नेसपाको नेतृत्व चयनका लागि आज मतगणना

बुधवार , माघ ३०, २०८१

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको मतगणना आज सुरु हुँदैछ । गएराति १२ बजे मतदान सकिएको र आज विहान १० बजेदेखि मतगणना सुरु हुन लागेको हो ।

पार्टीको निर्वाचन आयोगका प्रमुख रामकुमार पुरीका अनुसार निर्वाचन कार्यालयबाटै प्रतिनिधि बोलाएर मतगणना गर्ने तयारी गरिएको छ ।

१३ सयभन्दा धेरै प्रतिनिधि भए पनि मतदान राति अबेर भएका कारण ११ सय हाराहारी मात्रै मत खसेको पुरीले बताए। पार्टीको पदाधिकारी र केन्द्रीय सदस्य गरी निर्वाचित हुने ९० पदमध्ये ७० पदमा निर्वाचन भएको हो ।

अध्यक्षमा डा.बाबुराम भट्टराई र नेत्र चापागाईं प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077