Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

संवैधानिक नियुक्तिविरुद्धको रिटमा आजको सुनुवाइ सकियो

संवैधानिक नियुक्तिविरुद्धको रिटमा आजको सुनुवाइ सकियो

बुधवार , माघ ३०, २०८१

काठमाडौं । विभिन्न संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्ध परेका रिटको सुनुवाइ आज सकिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइ सकिएको हो।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा संवैधानिक इजलासमा आज अभिवक्त ओमप्रकाश अर्याल र वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले बहस गरे ।

बहस नसकिएपछि बाँकी सुनुवाइ अर्को दिन हुनेछ। अर्को मिति भने तय भइसकेको छैन् । संवैधानिक इजलासले कानुन व्यवसायीसँग छलफल गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा प्रतिनिधिसभा विघटन भएका बेला संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरी संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्त गरेको थियो।

त्यसबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोगलगायतका निकायमा ५२ जना पदाधिकारीहरू नियुक्त भएका थिए ।

उनीहरूको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा १५ वटा निवेदन दर्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077