Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

प्रचण्डलक्षित ओलीको कटाक्ष - हात्तीको सिकार गर्छु भनेर स्याल कुदेका छन्

प्रचण्डलक्षित ओलीको कटाक्ष - हात्तीको सिकार गर्छु भनेर स्याल कुदेका छन्

बुधवार , माघ ३०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध घेराबन्दी सुरु भएको बताएका छन् ।

निजामति कर्मचारी संगठनको १२ महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट चेतेपछि कांग्रेस र एमाले मिलेको बताए।

उनले प्रचण्डले आफू पाँचै बर्ष प्रधानमन्त्री खाने सपना बिथोलिएपछि अहिले प्रचण्डको बेहाल भएको बताए।

प्रधानमन्त्री ओलीले भने,‘सीट ३२ वटा, जित्या छ १८ वटा धाक कस्तो छ भनेर पाँचै वर्ष खान्छु, जादुयी नम्बर छ। जादुयी नम्बर भनेको यसको खान्छु भएन भने अर्कोको काँधमा उफ्रिएर चढ्छु। त्यो काँधमा चढेर धम्काएर खान्छु। आफू त सधैं प्रधानमन्त्री कस्तो मिठो, गज्जबको सपना देख्या। त्यो सपना भंग भएपछि अहिले त्यस्ता तत्वहरुको बेहाल भएको छ। मोर्चा पनि एमाले र कांग्रेसजस्तो गरिखाने खालको बनाउनु। हात्तीको सिकार गर्छु भनेर १० १२ वटा स्याल जम्मा भएर वरिपरि कुदेका छन्। हात्तीको छेउमा पुग्यो भने झुक्किएर कुल्चियो भने पनि च्या भन्न पाउँदैछन्।'

उनले अहिले आफूहरुभित्र बाहिर र भित्र शक्तिहरुको घेराबन्दीमा रहेको बताए। उनले यो गठबन्धन समीकरण सहमति अनुसार अघि बढ्ने दाबी गर्दै सरकार नढल्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077