Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

दुईवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

दुईवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

बिहिवार , फाल्गुण १, २०८१

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको दुईवटा समितिको बैठक बस्दैछ ।

आज महिला तथा सामाजिक मामिला समित र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

महिला तथा सामाजिक मामिला समितिको बैठक मध्याह्न १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकामा ‘सिड’ को आधारभूत सिफारिस नम्बर ३९ सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, राज्य व्यवस्था समितिको बैठक दिउँसो साढे १२ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ ।

बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077