Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, नेपाली सेनाका उपरथी घाइते

लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, नेपाली सेनाका उपरथी घाइते

शनिवार , फाल्गुण ३, २०८१

काठमाडौं । लेबनानमा शान्ति सैनिकमाथि आक्रमण भएको छ।

शनिबार रातको करिब १२ बजे लेबनानको राजधानी बेरुत नजिक एनआइएफआइएल 'युनिफिल' मिसनका डेपुटी फोर्स कमाण्डरमाथि आक्रमण भएको हो ।

नेपाली सेनाका उपरथी चोक बहादुर ढकाल सवार कन्भोयलाई उत्तेजित प्रदर्शनकारी रोकी तोडफोड गर्दा उपरथी ढकाल घाइते भएका छन् ।

घटनापश्चात उनलाई तत्कालै उद्धार गरी यूएन लेभल-३ अस्पताल बेरुत पुऱ्याइएको थियो। अस्पतालले हाल उनी खतरामुक्त रहेको जनाएको छ।

सेनाका अनुसार डेपुटी फोर्स कमाण्डर आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्कने क्रममा रहेका थिए।

घटनाको सम्बन्धमा 'युनिफिल' मिसन हेडक्वार्टरले प्रेस विज्ञप्ति जारी गर्दै दक्षिण लेबनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिक माथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ।

शान्ति सैनिकमाथि भएको यस किसिमको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र सङ्घले लेबनानी सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेको छ।

घटनाको भर्त्सना गर्दै लेबनानका प्रधानमन्त्री र लेबनिज आर्मड फोर्सले तत्काल अनुसन्धान गरी संलग्न व्यक्ति/समूहलाई कारबाहीको दायरामा ल्याउने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077