Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

अस्पतालमै पुगेर गृहमन्त्रीले लिए अर्थमन्त्री र मेयरको स्वास्थ्य अवस्थाबारे जानकारी

अस्पतालमै पुगेर गृहमन्त्रीले लिए अर्थमन्त्री र मेयरको स्वास्थ्य अवस्थाबारे जानकारी

शनिवार , फाल्गुण ३, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेर उनले उपचाररत अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

गृहमन्त्री लेखकले चिकित्सकहरूसँग घाइतेहरूको अवस्था बुझ्दै आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सतर्कता अपनाउनुपर्ने बताए ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि अस्पतालमा पुगेर चिकित्सकहरूसँग जानकारी लिँदै दुवै जना खतरामुक्त रहेको उल्लेख गरे।

पौडेल र आचार्य पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहका क्रममा घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077